बिहीबार प्रधानन्यायाधीश जबरालाई फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय

काठमाण्डु - सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेका छन् । बुधबार प्रधानन्यायाधीश जबराबाहेक बसेकाे सर्वोच्चका न्यायाधीशहरूको बैठकले बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो । उक्त बैठकमा भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने न्यायाधीशहरूले…