छाङरु पुग्यो जनगणना टोली

दार्चुला - दार्चुलाको व्यास गाउंपालिका–१ स्थित छाङरु र तिकंर गाउंको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ । शुक्रबार खलंगाबाट हिंडेकोसहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउंसो १२ बजे छाङरु पुगेर जनगणनाको काम सुरु गरिसकेको दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिए । उनकाअनुसार…