सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही, चार सय ६६ जनाले लिए अनुमति

काठमाण्डु- यसपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार सय ६६ आरोहीले अनुमती लिएका छन् । हिमाल आरोहणका उपयुक्त समय मानिने वसन्त ऋतु लागेसंगै उल्लेख्य संख्यामा आोहीहरु सगरमाथा क्षेत्रमा पुगेका छन् । पर्यटन विभागका अनुसार यसपालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८…