भृकुटीमण्डपमा ‘जुत्ता-चप्पल व्यापार प्रवर्द्धन मेला’ कात्तिक २४ देखि सुरु हुने

काठमाण्डु - काठमाण्डुको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला’ हुने भएको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो । मेलाका संयोजक एवं एशोसिएशनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिए…