योगगुरू बाबा रामदेव काठमाण्डु आउँदै

काठमाण्डु – भारतका योगगुरू बाबा रामदेव काठमाण्डु आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाण्डु आउन लागेको हो । रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाण्डु आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।