काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । बागमती गंगा आरती सेवा समितिको १५ औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् । त्यहाँ हरेक साँझ आरती गर्दै आएको सेवा समितिको वार्षिकोत्सवका अवसरमा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरभित्र हुने…