नेपाल फाइनान्सले ११ लाख ३४ हजार कित्ता सेयर लिलामीमा बेच्ने

काठमाण्डु - नेपाल फाइनान्सले साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा कम्पनीकौ संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ…