काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग लिखित सहमति गरेका छन् । शनिवार सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका कोइरालासँग सत्ता गठबन्धन दायाबाया नगर्ने लखित सहमति गरेका हुन् । शनिबार बिहान भएको छलफलमा उनीहरुबीच लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ…