सौराहामा अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो

चितवन - पर्यटकीय नगरी सौराहामा बाँधी राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहेका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । हात्ती पीडाले कराएपछि हेर्न…