काठमाण्डु - सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण मागेको छ। न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै बुधवार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । यसअघि चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेका…