काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाउने भएकी छन्। राष्ट्रपति भण्डारीले विभिन्न विशिष्ट व्यक्तिका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ। त्यस्तै गरी सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ। राष्ट्रपति कार्यालयले टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन अनुरोध…