चितवन - चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो । यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पाँच वर्ष उमेर र एक दशमलव पाँच मिटर लम्बाइ…