काठमाण्डु - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए । उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता समेत…