प्रधानमन्त्री दाहाल र बंगलादेशका राजदुतबीच भेटवार्ता

काठमाण्डु  - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरीबीच भेटवार्ता भएकाे छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत नोमान चौधरीबीच भेटवार्ता भएकाे हाे । सो भेटमा नेपाल-बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।