नेपालले पाकिस्तानलाई पठायो २२ टन बढी मानवीय सहायता सामग्री

काठमाण्डु - नेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई राहत स्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ। पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए तीन सय ३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो। विपत्तिमा…