बागमतीमा कृषि अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन गर्न समिति गठन

हेटौंडा – बागमती प्रदेशसभाको लेखा समितिले विगत दुई आर्थिक वर्षदेखि प्रदेशमा स्वास्थ्य उपकरण खरिद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानविन गर्ने जनाएको छ । लेखा समितिको आज बसेको बैठकले प्रदेशको अनुदान तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको अनियमितता र त्रुटिको छानविन गर्ने निर्णय गरेको हो । छानविनका लागि लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन…