काठमाण्डु – संसद सचिवालयले नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको छ । राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको उक्त विधेयक सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर पुनः राष्ट्रपति कार्यालयमा पठाएका हुन् । राष्ट्रपति भण्डारीले संशोधन आवश्यक रहेको भन्दै २९ साउनमा नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । त्यसको दुई दिनपछि नै…