उदयपुर - जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपीलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका नगरपालिका– ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।…