काठमाण्डु- नेपाल राष्ट्रका बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको आज ९५ वर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट पीडित उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जबराले अर्थतन्त्र, समाज, कुटनीतिलगायतका क्षेत्रमा हिमाल जस्तै अग्लो कद बनाउन सफल भए । पिता जर्नल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १०…