हेटौंडा - मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । घलानले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २१८ मतान्तरले पराजित गरेका हुन् । मगरले ६ हजार १६६ मत प्राप्त…