काठमाण्डु – निवर्तमान प्रधानन्यायाधीश चालेन्द्रसमशेर राणासँग महाअभियोग सिफारिस समितिले आज पनि बयान लिँन सुरू गरेकाे छ । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बुधबार पहिलो दिन राणासँग ४ वटा प्रश्न सोधेको थियो । त्यसक्रममा राणाले आफ्नो प्रतिरक्षा गर्ने अवसरलाई सदुपयोग गर्नुको सट्टा सहकर्मी न्यायाधीशहरू, बारका पदाधिकारी तथा दलका नेताहरूलाई दोषारोपण गरेर पहिलो दिनको ४ घण्टा बिताएका…