सहजपुर-बोगटान सडकको ट्र्याक ३५ वर्षपछि जोडियो

डोटी - डोटीको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो । बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतबार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए…