काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड

बनेपा - काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा ६ स्थित एक मतदान केन्द्रमा तनावको स्थिति भएको छ । एक जनाको भोट अर्को व्यक्तिले हालेपछि गठबन्धनका  कार्यकर्ताबीच सुरु भएको विवादले उग्र रुप लिँदा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको हो । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विवादका क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको जानकारी दिए ।…