प्रधानसेनापति सिग्देलद्वारा थापालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु – नेपाली सेनाको उपरथी बढुवा भएका सहायक रथी भोलानाथ थापालाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । बुधबार प्रधानसेनापति सिग्देलले जंगी अड्डामा आयोजित समारोहकाबीच थापालाइ दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन् । प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई सहायक…