काठमाण्डु– काठमाण्डुको गोङ्गबु स्थित आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम ४ करोड २५ लाख रहेको पुष्टि भएको छ । मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो भने ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । छापा मार्दा ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख…