प्रचण्ड थैव हत्यामा सजाय भुक्तान गरेका सुजित मुख्यमन्त्री केसीका स्वकीय सचिव

कपिलवस्तु – युवा संघ नेता प्रचण्ड थैवलाई गोली हानेर हत्या घटनामा दोषी ठहर भएर सजाय भुक्तान गरेका सुजित भनेर चिनिने खरेन्द्र विक लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख स्वकीय सचिव नियुक्त भएका छन् । मुख्यमन्त्री केसीको स्वकीय सचिवमा सुजितलाई एक साता अगाडि नियुक्त गरिएको हो । १३ चैत ०६५ मा युवा संघ रुपन्देहीका जिल्ला सदस्य…