काठमाण्डु - संयुक्त अरब इमिरेट्समा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा आयोजक यूएईसँग नेपाल भिड्दैछ। उपाधि भिडन्त सोमबार बिहान साढे १० बजे अजमानस्थित करवान मैदानमा हुनेछ। नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। यूएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र यूएई दुवै टोली एसिया कप खेल्नका…