अवैध गतिविधि पुष्टि भएपछि ग्लोबल क्रसर उद्योग सिल

काठमाण्डु- मकवानपुर जिल्लामा सञ्चालनमा रहेको ग्लोबल क्रसर उद्योगमाथि स्थानीय प्रशासनले अनुगमन गर्दै अवैध गतिविधि पुष्टि भएपछि उद्योग सिल गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगको स्थलगत निरीक्षण गरी कानुन विपरीत सञ्चालन भएको पाइएपछि तत्काल बन्द गराएको हो । अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका…