काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार ठाकुरलाई मतदान गर्न निर्णय गरेको हो । उपसभामुख पदको निर्वाचन शुक्रबार नै हुँदैछ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि…