उपत्यकामा ट्राफिक निगरानी कडा, २४ घण्टामा १७ सय बढी कारबाही

काठमाण्डु - २४ घण्टामा काठमाण्डु उपत्यकामा सवारी नियम उल्लंघन गर्ने १,७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, सिग्नल बत्ती उल्लंघन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई कारबाही गरिएको हो ।…