कांग्रेस सरकारले कुनै नयाँ काण्ड नगर्ने र अरूलाई पनि गर्न नदिने गगनको दाबी

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धा नभई देशको स्थिरता, विकास र लोकतान्त्रिक मार्गको संरक्षणसँग जोडिएको ऐतिहासिक अवसर भएको बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनले देशलाई अतिवादबाट जोगाउने कि अस्थिरतातर्फ धकेल्ने भन्ने निर्णायक मोडमा ल्याएको बताए । उनले विगतका हिंसात्मक घटनाहरू र त्यसले दिएको घाउ…