काठमाण्डु - काठमाण्डु महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । काठमाण्डु महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाण्डु महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो । काठमाण्डु महानगरापलिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले सोह्रखुट्टे चोकदेखि म्हैपीसम्मको सडकमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना…