काठमाण्डु – दुई महिना वित्न लाग्दासमेत सिन्धुपाल्चोकस्थित लिपिङ खोलाको पुल मर्मत नभएपछि ब्यापारीलाई समस्या भएको छ । गत असार १ गते आएको बाढीले लिपिङ खोलाको पुलमा क्षति पुर्याएको थियो । २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प र भोटेकोसी बाढीको मारमा परेको तातोपानी नाका अझै उठ्न नसकिरहेको बेला मुख्य पुलमै क्षति हुँदा समस्या भएको हो…