काठमाण्डु – तालिवानले अफगानिस्तान कब्जा गरेपछि नेपालले पहिलोपटक औपचारिक धारणा सार्वजनिक गरेको छ । मंगलबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा भइरहेको पछिल्लो विकासक्रमलाई नजिकबाट नियालिरहेको भन्दै सार्क राष्ट्रमा सम्बद्ध सबैलाई अफगानी जनताको सुरक्षाका निम्ति अपिल गरेको छ । ‘अफगानिस्तान सार्क सदस्य राष्ट्र भएकाले नेपालले शान्ति र स्थायित्वको आशा गरेको छ । नेपाल जहिले…