अस्मिता धामीका लागि न्याय माग्दै ईलाका प्रशासन कार्यालय जोगबुडामा धर्ना

काठमाण्डु- डडेल्धुरामा मृत अवस्थामा फेला परेकि अस्मिता धामीका लागि न्याय माग्दै इलाका प्रशासन कार्यालय जोगबुडामा स्थानीयहरुले धर्ना दिएका छन् । जिल्लाको परशुराम नगरपालिका –८ जमरानीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप मंगलबारदेखि समितिले धर्ना दिएको हो । हत्यारालाई छिटो सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई…