काठमाण्डु - नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह सदस्य निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि दुईदिने प्रशिक्षण दिने भएको छ। काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका…