काठमाण्डु – जेनजी आन्दोलनकर्मीहरूको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जेनजी आन्दोलनका अगुवाहरूबीच गृह मन्त्रालयमा आईतबार छलफल भएको छ । छलफलमा मन्त्री ओमप्रकाश अर्यालले जेनजी अगुवाहरूले राखेका सरोकारहरूलाई सकारात्मक रूपमा ग्रहण गरी सम्बोधन गर्नतर्फ पहलकदमी लिइने बताए । छलफल क्रममा मन्त्री अर्यालले जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजीकै भावना प्रतिकूल हुने…