काठमाण्डु – काठमाण्डु महानगरको वडा–२१ यंगालको येँगा हिटी (ढुंङ्गेधारा) मा ५ दशकपछि पहिलोपटक कलकल पानी आएको छ । लिच्छविकालीन यो हिटीमा ५० वर्षपछि पहिलोपटक पानी खस्दा यंगालबासीले उत्सवका मनाएका थिए । वरपरका अग्ला कंक्रिटको घरले घेरिएको हिटीका तीन वटा धारामा अहिले पानी आइरहेको छ । काठमाण्डुमा रहेको अमेरिकी दूतावासले वर्ल्ड मोनुमेन्ट्स फन्ड र चिभा चैत्य…