काठमाण्डु – सरकारले १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले खोपको कामलाई तीव्रता दिएका हुन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको…