वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्न प्रस्ताव

काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले अधिकारीले निगमलाई वित्तीय हानि नोक्सानी पुर्‍याएको आरोपसहित निलम्बन गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको हो । मन्त्रालयका सचिव महेश्वर न्यौपानले पेस गरेको प्रस्तावमा ‘कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको,…