काठमाण्डु – नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको निर्णयले नेपालको लोकतान्त्रिक प्रणालीमा ठुलो धक्का लागेको बताएका छन् । उनले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार तीन मुख्य आधारस्तम्भ व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकाबीचको नियन्त्रण र सन्तुलनमा गम्भीर असर पुर्याएको बताएका हुन् । ‘राज्यका तीन तहका संरचनाबीच जुन सन्तुलन हुनुपर्ने हो, त्यसमाथि सर्वोच्च अदालतको फैसलाले गम्भीर प्रश्न उठाएको…