काठमाण्डु - बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा आगलागी भएको छ। बुधबार करिब १२ बजेतिर जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगो निभाउन काठमाण्डु र ललितपुरका दमकल पुगिसकेको प्रहरीले जनाएको छ । नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ ।…