उदयपुरमा गाउँले र प्रहरीबीच झडप, ६ प्रहरीसहित १६ जना घाइते

काठमाण्डु  - उदयपुरको बेलकामा गाउँले र प्रहरीबीच झडप हुँदा १६ जना घाइते भएका छन् । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेले विरोध गरेका हुन् । सरकारको ६ जेठको निर्णय अनुसार बेलका नगरपालिका वडा नम्बर ३ स्थित कोशी टप्पुको करिब १ सय ७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने…