एन्टिबायोटिक औषधिहरुको दुरुपयोग नियन्त्रण गर्न नेपाल चिकित्सक संघको माग

काठमाण्डु — नेपाल चिकित्सक संघले एन्टिमाइक्रोविएल्स र एन्टिबायोटिक औषधिहरुको बढ्दो दुरुपयोग नियन्त्रण गर्न आग्रह गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय बढ्दै गइरहेको एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको दुरुपयोग रोक्न सरकारसँग आग्रह गरेको हो । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना एन्टिवायोटिक्स, स्टेरोइड्स, सेडाटिभ्सलगायतका गम्भीर किसिमका एलोपेथिक औषधिहरुको प्रयोगलाई पूर्ण रुपमा…