बागीलाई उम्मेदवारी फिर्ता लिन रसुवा कांग्रेसको निर्देशन

रसुवा - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली कांग्रस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेपाली कांग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले आज (बुधबार) विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् । 'स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका नेपाली कांग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध…