एमसीसीकाे विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

काठमाण्डु - नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो नयाँबानेश्वरमा भएको विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ ।