काठमाण्डु - सभामुख अग्निप्रसाद सापकोटा राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ का अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । 'देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको सम्वर्द्धनका लागि विभिन्न समयमा भएका संघर्षमा जीवन आहुति दिनु भएका सम्पूर्ण सहिदप्रति ससम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,' ७२औँ प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमा सापकाेटाले भनेका छन् । 'हामी सात दशक…