काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेज गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय भएको मुख्य सचेतक सन्तोष परियारले जानकारी दिए । पार्टी सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका कारण कार्यवाहक दलका नेता…