टक खाती, काठमाण्डु- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले २०४८ को पहिलो आमनिर्वाचनमा भनेका थिए- कञ्चनपुरको दैजीदेखि जोगबुढा हुँदै डडेल्धुरा सदरमुकाम र बैतडीको तल्लो स्वराड क्षेत्र जोड्न यो सडक अविलम्ब निर्माण हुन्छ । २०४८ यता देउवाले निरन्तर चुनाव जित्दैँ आएका छन् । त्यसपछिका हरेक निर्वाचनमा यो सडक प्रधानमन्त्री देउवा र अन्य दलका नेताहरूको चुनावी मुद्दा बन्यो ।…