काठमाण्डु - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका निजी विद्यालयका शिक्षकलाई सरकारी विद्यालयका शिक्षक सरह तलब दिन आग्रह गरेका छन्। मेयर शाहले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकले पनि त्यहीअनुसार तलब पाउनुपर्ने बताएका हुन् । संस्थागत (निजी) विद्यालयले शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएकाे गुनासाे गरेपछि मेयर शाहले सार्वजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्वजनिक…